बाजुराको कोल्टीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जना घाइते

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुँन् । सडक छेउमा साइड दिने क्रममा यात्रु बहाक जीप दुर्घटना हुँदा ७ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

जीप दुर्घटना हुँदा बाजुराको बुढीनन्दा नगरपालिका–२ का २८ वर्षीय दानबहादुर सार्की, हिमाली गाउँपालिका–४ की ३५ वर्षीया छम्मा सार्की, सोही गाउँपालिका–६ का १८ वर्षीय मनबहादुर सार्की, र मुगुको खत्याड गाउँपालिका–९ का ३० वर्षीय असल परिवार, सोही वडाका ३० वर्षीय पुने सार्की, ३४ वर्षीय नन्दकृष्ण सार्की र ४९ वर्षीय कृष्ण बहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको जनाइएको छ । १० जना यात्रु लिएर बुढीनन्दा नगरपालिका कोल्टीबाट धुलाचौरका लागी छुटेको जीप दिउँसो साढे १ बजे दुर्घटनामा परेको थियो । जीप सडकबाट करीब २ मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?