नयाँ सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा भएको छैन : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 1 min

भरतपुर । नेकपा एमाले केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा नेपाली कांग्रेससँग कुरा नभएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताउनु भएको हो ।

कांग्रेससँग आफूले पनि प्रस्ताव नगरेको र कांग्रेसले पनि आफूलाई प्रस्ताव नगरेको उहाँले बताउनु भयो। पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको उहाँको भनाइ छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?