फुटबल टोलीको फिफा वरियता खस्कियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले जारी गरेको नयाँ वरियतामा नेपाल एकस्थान तल झर्दै १७५औं स्थानमा पुगेको हो । यसअघिको गत अप्रिलमा नेपाल १७४औं स्थानमा रहेको थियो । फिफाले नयाँ वरीयता सार्वजनिक गर्नुअघि नेपालले साफ च्याम्पियनसिपमा तीन खेलसँगै एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले चार खेल खेल्दा तीन हार र एक जितको नतिजा निकालेको थियो । नेपालले फिलिपिन्स, कुवेत र भारतसँग हार व्यहोर्दा पाकिस्तानलाई १-० ले पराजित गरेको थियो । फिफा वरियता अनुसार नेपाल दक्षिण एसियाली राष्ट्रमध्यमा तेस्रो स्थानमा स्थानमा छ । शीर्ष स्थानमा रहेको भारत फिफा वरियताको एक सयौं स्थानमा छ । भारतले एक स्थान सुधार गरेको छ ।

दक्षिण एसियामा दोस्रो स्थानका रहेको माल्दिभ्स फिफा वरियतामा १५४औं स्थानमा, एक स्थान सुधार गरेको भुटान १८४औं स्थानमा रहँदा बंगलादेश १९२औं स्थानमा यथावत छ । पाकिस्तान पाँच स्थान तल झर्दै २०१औं स्थानमा पुग्दा र श्रीलंका २०७औं स्थानमा छ ।

विश्वकप विजेता अर्जेन्टिना शीर्षस्थानमा यथावत् छ । विश्व उपविजेता फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा यथावत छ । एक स्थान सुधार गरेको इंग्ल्याण्ड चौथो स्थानमा उक्लँदा बेल्जियम पाँचौं स्थानमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?