फोनपेमा नमस्तेपे आबद्ध

Read Time = 1 min

काठमाडौं । भुक्तानी नेटवर्क फोनपे र सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यु-आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टमा फोनपे नेटवर्कमार्फत् छिटो, सुरक्षित र सजिलोरूपमा क्यु-आर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?