नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउनुपर्छ : मन्त्री किराँती

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपालमा हजारौँ हुने र ति जात्राहरुलाई महोत्सवको रुपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरु तान्नुपर्ने बताउनु भयो ।

उहाँले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने बताउनु भयो । उहाँले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा हजारौँ जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रुपमा सञ्चालन गर्नुपर्छ । आजको पर्यटन नेपालीमैत्री हुनुपर्छ । प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्छ ।’

मन्त्री किराँतीले आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?