साउदीमा नेमारको सुखद सुरुवात

Read Time = 3 mins

साउदी । ब्राजिलियन स्टार नेमारले साउदी प्रो लिगको अल हिलाल क्लबबाट सुखद सुरुवात गर्नुभएको छ । उहाँको डेब्युमा अल हिलालले अल रियादमाथि ६-१ को सानदार जित हात पारेको छ । दोस्रो हाफको ६४औँ मिनेटमा डेब्यु गर्नुभएका नेमारले गोल गर्न असमर्थ रहनुभए पनि उहाँले प्रभावशाली प्रदर्शन देखाउनुभएको थियो । नेमारले खेलको ८७औँ मिनेटमा गोलको खाता खोल्ने अवसर पाउनुभएको थियो । अल हिलाललाई प्राप्त पेनाल्टी नेमारले नै सालेम अल दसारीलाई प्रहार गर्न दिनुभएको थियो ।

अल हिलालको जितमा दसारीले दुई तथा एलेक्जेण्डर मित्रोभिच, यासेर अल शाहरानी, नासेर अल दसारी र माल्कमले एक-एक गोल गर्नुभयो । यस जितसँगै अल हिलाल ६ खेलमा १६ अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ । अल इतिहाद (१५), अल ताउन (१३), अल अहली (१२), अल फतेह (११) र अल इतिफक (१०) अंकका साथ शीर्ष ६ मा अटाएका छन् । अल नार र अल वेहृदाको नौ-नौ अंक छ ।

यता फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मनका लागि किलियन एमबाप्पेले दुई गोल गर्नुभए पनि टोलीले हार बेहोरेको छ । पिएसजीलाई निसले तीन-दुईको अन्तरले पराजित गरेको हो । खेलको २१औँ मिनेटमा निसका लागि तेरेम मोफीले गोल गर्नुभएको थियो ।
एमबाप्पेले २९औँ मिनेटमा अक्रफ हाकिमीको पासमा बराबरी गोल फर्काउनुभयो ।

दोस्रो हाफको ५३औँ मिनेटमा गेतान लाबोर्डले पुनः निसलाई अग्रता दिलाउनुभयो । ६८औँ मिनेटमा नाइजेरियन फरवार्ड मोफीले व्यक्तिगत दोस्रो गोल गर्दै ३-१ को अग्रता दिलाउनुभयो । ८७औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । एमबाप्पेको यो सिजनको चौथो खेलमा सातौँ गोल हो ।

यस हारले पिएसजी अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । टोलीको पाँच खेलमा आठ अंक छ । मोनाको चार खेलमा १० अंक तथा निस पाँच खेलमा नौ अंकसहित शीर्ष दुई स्थानमा छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?