नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबी प्रमुख अतिथि प्राडा.अञ्जना वस्ती भट्टराईले नियात्राकृति सार्वजनिक गर्नुभएको हो ।

डा.भट्टराईले सर्जक सुवेदीको तीक्ष्ण अवलोकन क्षमता कृतिका नियात्रा पढ्दा थाहा हुने सुनाउनुभयो । कृतिका शब्दहरूले स्थान विशेषको प्रष्ट तस्वीर गर्दै दृश्यलाई जीवन्त बनाएको उल्लेख गर्नुभयो ।

नियात्राकार श्रीओम श्रेष्ठ रोदनले सार्वजनिक कृतिमा युरोपका सात देशहरूको भ्रमणबारे लेखिएको उल्लेख गर्दै सर्जक सुवेदीले पाठकलाई शब्दहरूसँगै घुमाएको बताउनुभयो । सार्वजनिक कृति सरल र पाठकमैत्री भएको उहाँले भनाइ थियो ।

सर्जक सुवेदीले सन् २०१८ मा गरेको युरोप भ्रमण पाँच वर्षपछि कृतिका रूपमा आउँदासम्मका प्रसंग रोचक तरिकाले प्रस्तुत गर्नुभएको छ । सलील र गिरिश सुवेदीको सांगीतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा साहित्यकार जलेश्वरी श्रेष्ठलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?