स्वदेशमै कुनै सम्भावना छैन र ?

Read Time = 4 mins

✍️ प्रतिभा शर्मा

काठमाडौंमा जन्मे हुर्के पनि म लमजुङ कि बुहरी परे । यद्धपि मेरो माइतीको पुर्खौली कास्की थियो । पोहोर ससुरा बुवाको देहान्त भएको र सासू आमा दुइटै जेठाजु क्यानडा हुनुभएको हुँदा उतै जानुभएकाले हामी श्रीमान्-श्रीमती कतै बाटो फराकिलो बनाउन खनिएर बुङ्बुङ धुलाम्य बाटोको धुलो खाँदै त कतै घण्टौंको जाममा सुस्केरा हाल्दै, कतै डाँडाको हरियालीमा रमाउँदै, कतै बीपी कोइरालाको सालिक हेर्दै अनि कहिले भानुभक्त र घाँसीको संवाद भएको ठाउँ हेर्दै हाम्रो गाउँ लम्जुङ आइपुग्यौँ ।

शहर पसेकाले गाउँको खोलाको कलकल अनि झरनाको छङ्छङ बिर्से । कसैलाई तेस्रो मुलुकको रमझमले लोभ्यायो । यसरी विदेशिएका दाजुभाइ कोही बाकसमा आएका अनि कोही चरम हिंसामा परेका, कोही दिदीबहिनीहरू यौन शोषित हुनुपरेको खबर पढ्दा दुःख लाग्छ ।

लम्जुङ, भोर्लेटार मेरो गाउँ म आइपुगेँ । गाउँका धेरै घरका सदस्यहरूमध्ये कोही काठमाडौं घर बनाउनुभएका र चाड्बाडमा गाउँ आउनु हुने परिवार हुनुहुन्थ्यो भने कुनै घरका सदस्यहरू विदेश गएर बर्सौंपछि आउनुहुन्थ्यो । कान्छो बुबाकी छोरीको घरमा भैँसी भएको हुँदा म दही मथेको दिन प्रायः मोही लिन जाने गरेकी छु । छोरी पनि बिबिएस दोस्रो वर्षको तेस्रो सेमेस्टर दिएर केही दिनको बिदामा यतै आएकी हुँदा मैले उनलाई ग्रामीण जीवनको दही जमाउने गौवा, दही मथ्ने ठेकी चिनाएँ । भैँसी र गोठ पनि देखाएँ । घरमा आमाले पेवामा ल्याउनुभएको भैँसी बुढो भएर कटाइमा दिएको र पछि घरमा वस्तु नपालेको हुँदा गौवालाई ठेकी भनी चिनाउँदा हाँसोको पात्र पनि बने म ।

गाउँमा आधिकांश केस फुलेका अनि गाला चाउरी परेका परिपक्क अनुहारहरू देखेँ । अध्ययनका लागि शहर गएकाहरू त्यतै रमाउने । कसैको त्यतै घडेरी अनि घर ठड्याउने संघर्षमै आधा जिन्दगी काट्ने परिपाटीले गर्दा अपार्ट्मेन्ट बन्यो । आग्ला अग्ला घर बने । पानीको चरम अभाव भयो । सडकले थेग्न नसक्ने गाडी सडकमा गुडे । फलस्वरुप चोक चोकमा ट्राफिक जाम अनि धुलो र धुवाँको सामना गर्नुपर्‍यो कथित रजधानीबासीले ।

शहर पसेकाले गाउँको खोलाको कलकल अनि झरनाको छङ्छङ बिर्से । कसैलाई तेस्रो मुलुकको रमझमले लोभ्यायो । यसरी विदेशिएका दाजुभाइ कोही बाकसमा आएका अनि कोही चरम हिंसामा परेका, कोही दिदीबहिनीहरू यौन शोषित हुनुपरेको खबर पढ्दा दुःख लाग्छ । मुटु चिरिन्छ र आफैंले आफैंसँग सोध्न मन लाग्छ के गाउँमा कुनै सम्भवना छैन स्वदेशमै कुनै सम्भावना छैन र ? लम्जुङ, भोर्लेटार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?