बिजुली सर्ट भएर घरमा आगलागी हुँदा २४ लाखको क्षति

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा चौबीस लाखको क्षति भएको छ । स्थानीय जसबिर शाहीको घरमा शनिवार विहान बिजुलीको तार सर्ट हुँदा आगलागी भएर घरको माथिल्लो(तेस्रो) सहित दोस्रो तलामा समेत क्षेति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घरको तेस्रो र दोस्रो तलामा पूर्णरुपमा क्षेति पुर्याएपनि मानविय क्षेति नभएको बताइएको छ । घरमा आगलागी हुँदा शाहीको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी, कासा, तामा, अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमला भट्टराईले बताउनुभयो ।

सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र गाउँका स्थानीय गरी विद्युत सर्टभएको आगो नियन्त्रणमा लिइएको थियो । घटनास्थलमा पुगेका प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा थियो । चार कोठे तीन तला भएको तेस्रो र दोस्रो तलामा आगलागी भएको हो । आगलागीबाट रु २४ बढीको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?