सरकार ! अस्मिता नि किन्नुपर्ने हो ?

Sujan Gaihre
Read Time = 5 mins

प्याड: (रातो कर)

नानू छोरिको आज दुई दिन हो ।

म पहिलो दिन बिद्यालयमै खाजा खादाखादै अप्ठ्यारो भएर पेट दुखेको थियो पेट छामी रहे साथिलाई नि भनिन पेट भित्र कति थिचेको एक्लै बसेर कत्ती रोए। हामी संङै बेन्चमा बस्ने मध्ये तिनै साथी रजस्वला भैसकेको अघिल्लो पटक हो अब मैले फेरि यो अनुभव लिदै छु।

बस्दै गर्दा मैले थाहा पाएँ मनि रजस्वला भएछु। मलाई निकै गार्हो पर्यो ।

ला अब सेतो बेन्चमा रगतको टाटो देखिने भयो मन डरायो के भन्छन् हामी पछि राम प्रसान्त र शिरिश केही देखे कती हल्ला गर्दिन्छन् । संङै बसेकी स्नेहालाई सुनाउछु लाग्यो उस्ले बुज्छे। नाइ अस्ति यस्ले त म्यामलाई भन्देकी हो भन्दिन। मनमनै कत्ती कुडिए अस्ति स्वास्थ्य बिषय पढ्दा सरले रजस्वला भएको बेला सावधानी अपनाउनु पर्छ भनेर सिकाउनु भएको थियो केटाहरू  हा हा गरेर कति हासे  हामी केटिसाथीलाई हेर्दै कस्तो नबुज्ने के सबै स्वास्थ्य म्यामले पढाए नि हुनि नि हामीलाई गार्हो भयो

हामी भन्न नि सक्दैनौ।

डर मान्दै कृपालाई सुनाए ।

थुक्क लाटी के लुकाउन पर्छ र ? छ्या यस्ले त कक्षा नै हल्ला पार्नी भै।

आजै पाइन्ट  लाएर आउनु परेको के म पनि!

कराउँदै हकारी मेरो पेट दुखेको भन्दा अब कसरी रगत छोप्ने भन्ने चुनौती भयो। टिफिन सकिएर अब एकपटक सबै बाहिर जाने मौका कुरिरहे र रितुलाई कापिको पाना च्यात्न पठाएर पुछिहाले  बेञ्च अनि कुनामा टास्सिएर नचली बसे।

रुन पनि मन लागेन बोल्न पनि कोखोमा दुई हातको मुठीले गाठो पारेर अठ्याएको अलि शान्त भो!

हामी मुना मिस सँङ मिल्ने थियौ केटि जति स्नेहाले अघि नै गएर मिसलाई भन्दिछ म्याम आएर केटाहरू सबैलाई बाहिर खेल्न पठाउनुभयो।

म्याम सबैकी प्यारी हुनुहुन्छ सबै गुरुमा यस्तै सहयोगि हुनुपर्छ जस्तो लाग्यो।

र मलाई ट्वाइलेट जान सहज पार्नुभयो मलाई सजिलो पार्दिने म्याम मलाई भगवान जस्तै लाग्यो।

म्यामले प्याड दिनुभयो ल्याबबाट ल्याएर दुई झोलामा राखे एउटामा आठ हुनेरैछ घरमा गएर ममिलाई सुनाए ममिले न आत्तिन भन्नू भयो प्याड देखाए एउटा सलाइले जलाएर हेर्नू भयो प्लास्टिकको मात्रा धेरै छ नानी यसमा नलगाउ भाइले किनेर ल्याइदिन्छ राम्रो भनेर ५०० को नोट दिनुभयो ।एकपटक रजस्वला हुदा ५०० खर्च हुने बिद्यालयको लाए स्वास्थ्य राम्रो नहुने हामी अजैपनी अस्मिता किनि राख्नुपर्ने  समाजमा रहेछौ।

कहिलेकाही त म सरकारमा भएको भएको सोच्छु कोहि महिला सर्वोच्च पदमा भएको भए यो कुरा उठ्थ्यो होला।

हुन त अस्ति भर्खरै सम्म रास्ट्रपति नै महिला हुनुभएको देसमा नारिको अस्मिता र स्वास्थ्य कति सस्तो लागेको है?

के रास्ट्रपति नि छोरी हुनुहुन्न र?

उहाँको पनि त छोरी नातिनि हुनुहुन्छ होला है?

अनि प्रधानमन्त्रीले पनि छोरी नातिनिलाई कहिल्यै सोध्नुभएको छ गुणस्तरीय प्याडलाई कति पर्छ?

कहिले आउँछ बजेटमा कति भ्रस्ट कानुन कति अस्मिता जोगाउन लुक्नु परेको?

बुज्दिने कस्ले?

🖌️सुजन गैह्रे🇳🇵

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?