नबिलको साताव्यापी ‘नबिल ग्रिन विक’

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन विक’ कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवका अवसरमा नबिल ग्रिन विक कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धतासहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी अभियान शुभारम्भ गर्नुभएको हो ।

२१ असारसम्म सञ्चालन हुने साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट-पानीपोखरी-महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने भएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारको अभ्यासलाई प्रवद्र्धन गर्न प्रदर्शनी कार्यक्रमसमेत रहेको छ ।

सो अवसरमा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपिज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’मा काम गरिरहेको बताउँदै दिगो बैंकिङ अवधारणालाई आत्मसात गर्दै पर्यावरणको ख्याल गरेमात्र देशमा समृद्धि ल्याउन सकिने भएकाले नबिलका कार्यक्रम त्यततर्फ केन्द्रित गरिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले दिगो उपाय अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षलाई मद्दत गर्ने परियोजनालाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ ।’ नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ढुंगानाले ग्रिन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?