नेपाल पुनर्बिमाको बोनस सेयर पारित

Read Time = 1 min

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको शुक्रबार सम्पन्न आठौँ साधारणसभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल पाँच प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

बोनसपछि कम्पनीको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि भई १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार सात सय ५० कायम गर्दै सोहीअनुसार प्रबन्धपत्र संशोधन गरेको छ । साधारणसभाले सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा शेखर बराल र दिनुका पोखरेललाई निर्वाचित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?