रोजगारमूलक कार्यक्रम लुुम्बिनीको प्राथमिकता : मुख्यमन्त्री चौधरी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आइतबार पत्रकार महासंघ पाल्पाले तानसेन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभएको हो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो ‘जनतासँग प्रत्यक्ष जोडिने गरी प्रदेश सरकारसँग जे–जस्ता स्रोत छन् त्यसलाई नै उपयोग गरी रोजगारीको अवसर सिर्जना गर्नेतर्फ हामी लागेका छौं ।’ उहाँले जनताको आर्थिक अवस्थामा सुधार भए मात्र प्रदेश समृद्ध हुने भन्दै रोजगारमूलक कार्यक्रम केन्द्रीत गरिएको बताउनुभयो । मुख्य मन्त्री चौधरीले भन्नुभयो‘विपन्न, महिला, अदिवासी, जनजातिको जीवनस्तर नसुधारिएसम्म्म मुलुकले आर्थिक विकास गर्न सक्दैन ।’

समयमै किसानले मल नपाउने विषयमा प्रदेश सरकार संवेदनशील रहेको समेत उहाँले बताउनुभयो । मुख्य मन्त्री चौधरीले किसानलाई समयमै मल उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीसँग कुरा गरेको र मल सहज बनाउने विषयमा सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा उहाँँले पाल्पाको विकासको मुख्य मेरुदण्ड भनेको पर्यटन रहेको बताउनुभयो । पर्यटनको माध्यमबाट पाल्पाको विकास हुनेमा मुख्यमन्त्री चौधरीले विश्वास व्यक्त गर्नुभयो । पर्यटनको विकासका लागि लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै मुक्तिनाथसम्म जोडिने गरी बुद्ध सर्किटको रुट बनाउन लागेको समेत उहाँले बताउनुभयो आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकार सञ्चार मैत्री भएको र सरकारले सञ्चार संस्थालाई उपलब्ध गराउने रकम कार्यविधी तयार गरी सञ्चारसँग आवद्ध संस्थाहरु बीच समन्वय गरी समानुपातिक रुपमा वितरण गरिने मन्त्री चौधरी बताउनुभयो । कार्यक्रममा सञ्चारकर्मीको जवाफमा मन्त्री चौधरीले तानसेनमा प्रदेश सरकारले निर्माण गरेको साँस्कृतिक डवली अब छिट्टै तानसेन नगर सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताउनुभयो ।

प्रदेश सरकार स्थापित भइसकेको र जनताको अपेक्षा धेरै भएको मुख्यमन्त्री चौधरीले बताउनुभयो । प्रदेश सरकार जनताको नजिकको सरकार भएको बताउँदै उहाँले प्रदेश सरकारसँग जनताको अपेक्षा भएको र जनतासँग नजिक भइसकेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा बृहत छलफल भएको बताउनुभयो । संघीयता कार्यान्वयनमा देखिएका जटिलताबारे बैठकमा महत्वपूर्ण छलफल भएको उहाँले बताउनुुभयो ।

उहाँले संघीय सरकारले प्रदेश सरकारलाई संविधानमा भएका अधिकार कटौती गरेको बताउँदै बैठकमा संघीयता लागू भए पनि प्रहरी, प्रशासनिक क्षेत्र, शिक्षा नियमावली, प्राकृतिक स्रोत र साधनको बाँडफााडका विषयमा विवादका विषयमा कुरा उठाएको बताउनुभयो । ‘अब एकखाले प्रदेश स्थापित भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारका विषयमा कुरा उठ्नुपर्छ । उठाएका विषयलाई औचित्य पुष्टि गर्दै जाने हो । प्रजातन्त्रमा कुरा उठेन भने समाधान पनि निस्कँदैन ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?