आर्ट, कल्चर एण्ड म्युजिक अवार्डको तेस्रो संस्करण हुँदै

Read Time = 2 mins

काठमाडौं । आर्ट, कल्चर एण्ड म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ । आयोजकले मंगलबार एक विज्ञप्ति जारी गर्दै तेस्रो संस्रकणका लागि गीत दर्ता गर्न आवाहृन गरेको हो । आफ्ना सिर्जना गीतसंगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गीतहरू दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले जानकारी गराउनुभयो ।

नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीवृद्धिका लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड’ गरिँदै आएको बताइएको ।

आयोजक कमिटिका अनुसार ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड-२०२३’ आगामी वैसाख-२०८० भित्र काठमाडौंमा गरिने भएको छ । अवार्डमा २०७८÷७९का गीतसंगीतलाई समावेश गरिने उल्लेख गरिएको छ ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुनलागेको यो अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ । यस अवार्डको निर्देशकमा सुमन बैरागी पण्डित रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?