इजरायलले अमेरिकासँग तीन अर्ब डलरमा लडाकु विमान खरिद गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

जेरूसलम । जरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।

इजरायलले यी विमान खरिदमा तीन अर्ब डलर खर्च गर्नेछ ।

लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा एफ–३५ विमानको संख्या बढेर ७५ पुग्नेछ । यस सम्झौतामा अमेरिकाबाट आएको आर्थिक सहयोग प्रयोग गरिने अधिकारीहरूले बताएका छन् । इजरायल पहिलो देश हो, जसलाई अमेरिकाले एफ ३५ विमान दिएको छ।

उत्पादनमा संलग्न अन्य अमेरिकी कम्पनीहरूमा विमान इन्जिनको लागि कनेक्टिकट आधारित प्र्याट र ह्विटनी समावेश छन्। रक्षा मन्त्रालयले विमानहरू अमेरिकी सैन्य सहयोगमा खर्च भइरहेको बताएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?