विपद् र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको लागि विपद् र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भएको छ । विपद्को समयमा प्रयोग गर्न सकिने गरी पहिचान गरिएको खुला क्षेत्र र सहयोग सामाग्रीको अभिलेखसहित विपद् र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकबाट १२ वटै स्थानीय तहहरूले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी गरी सोको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउन भनिएको छ ।

यस जिल्लाभित्रका सबै संघ संस्था तथा सरोकारवाला निकायहरुले यस वर्षको मनसुनबाट हुन सक्ने सम्भावित विपद्का घटनाबाट मानवीय तथा अन्य क्षति कम गर्न र शीघ्र उद्दार गर्न डोजर, ट्रिपर, एक्साभेटर जस्ता हेभि इक्वीपमेन्टलगायत खोज, उद्दार, राहत तथा पुनः निर्माणका सामाग्रिहरु तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

मनसुनजन्य विपद्को कारण सडक राजमार्ग अवरुद्ध भएको अवस्थामा मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० मा उल्लेख भए अनुसार आ–आफ्नो कार्यक्षेत्र भित्र उक्त सडक निर्माण÷मर्मतको जिम्मा लिएका निर्माण व्यवसायीसँगको समन्वयमा सम्बन्धित कार्यालयहरूले र अन्य क्षेत्रमा सम्बन्धित स्थानीय तहले तत्काल अवरुद्ध सडक खुलाउने गरी तयारी अवस्थामा जनाइएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिले विपद्को समयमा विपद् व्यवस्थापन समितिका सदस्यहरू, नगर, गाउँकार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय संघ–संस्थालगायत स्वयंसेवकहरु समेत परिचालन गरी शीघ्र खोज उद्दार र सहयोगका कार्यमा जुट्ने विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बाढी पहिरोका कारण हुन सक्ने सम्भावति जोखिमबाट बचाउन यस जिल्लाको वामीटक्सार, इन्द्रेगौडा, मजुवा बजार, खैरेनी बजार, रुद्रवेणी र रिडी बजारमा तथा सशस्त्र प्रहरी बल, नेपाल गुल्म, गुल्मी, संग्राम शार्दुल गुल्म, धागथिुम ब्यारेक, गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीमा जडान गरिएका तर हाल संचालनमा नरहेका विपद् पूर्व सूचना प्रणाली पुनः संचालन गरिनेछ ।

त्यस्तै, बैठकमा मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम २०७९ साल फागुन १७ गतेदेखि हाल सम्म सम्बन्धित लाभग्राहीको खातामा पठाइएको आवास निर्माण अनुदान तर्फको संघीय र स्थानीय तहको लागत सहभागिताको पहिलो र दोस्रो किस्ता र जिल्ला विपद् व्यवस्थापन कोषबाट वितरण भएको राहत रकम अनुमोदन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?