रूपन्देही विकास मञ्चद्वारा शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका-५ मानपकडी स्थित रुपन्देही विकास मञ्च तिलोत्तमा-५ रुपन्देहीको आयोजनामा शुद्धोधन गाउँपालिका कार्यपालिका, यूनिभर्सल मेडिकल कलेज भैरहवा जिल्ला औषधि व्यवसायी संघ, रूपन्देही सहयोगमा शुद्धोधन वडा नं. ५ मानपकडी स्वास्थ्य चौकीमा समारोहबीच सम्पन्न भएको छ ।

रूपन्देही विकास मञ्चले शुद्धोधन गाउँपालिकाभित्र रहेका स्थानीयहरुको हितका लागि जनरल फिजिसियन,स्त्री रोग विशेषज्ञ,छाला रोग बिशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मनोरोग विशेषज्ञ नाक, कान, घाटी रोग बिशेषज्ञहरुको टोलीबाट स्वास्थ्य प्रशिक्षण गरिएको थियो ।

३ सयभन्दा बढी सेवाग्राहीले सेवा प्रदान गरिएको र यश रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपलिकामा स्वास्थ्य, विभिन्न वातावरण सरसफाइ जनचेतना मूलक कार्यक्रम गरिने भएकोले विभिन्न कार्यक्रमको सुरुवात शुद्धोधन गाउँपालिका बाट गरिएको रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले जनतालाई स्वास्थयमा जागरुक बनाउने उद्धेश्यले विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी शुद्धोधन गाउँपालिकाका स्थानीयवासीहरुलाई नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको र नि:शुल्क स्वास्थ्य शिविरको पहल एवं सहजीकरण गर्नुहुने रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरी र मञ्चका सबै पदाधिकारीहरुलाई बस्यालले धन्यवाद दिनु भएको थियो ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालका डा सुधन देवकोटालगायत १४ जना विभिन्न रोगका विशेषज्ञहरुको उपस्थित रहेको थियो । उक्त शिविरमा औषधि समेत निशुल्क रुपमा बितरण गरिएको थियो ।

रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरीको अध्यक्षतामा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको निःशुल्क स्वास्थ्य शिविरमा पालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरुलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?