दीपकको ‘एक्लो’

Read Time = 1 min

काठमाडौं । गायक तथा संगीतकार दीपक बज्राचार्य नयाँ गीत ‘एक्लो’ सार्वजनिक भएको छ । नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’मार्फत उहाँले नयाँ तथा पुराना नौ गीतलाई एक-एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लाग्नुभएको हो । हाल तयार पारिसकेका नयाँ तथा पुराना नौ गीतलाई एक-एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउने दीपकको तयारी छ । जसमा १२ वटासम्म गीत रहने छन् ।

दीपकले यो अभियान स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी गरेका छन् । जसको पहिलो प्रारुपको रूपमा नयाँ गीत ‘एक्लो’लाई लिइएको छ । गीतलाई म्युजिक भिडियोमा मात्र सीमित नगरेर सिधै दर्शकमाझ प्रस्तुत गर्ने सोचअन्तर्गत उनले ‘प्रोजेक्ट नजिक’को थालनी गरेको गायक तथा संगीतकार दीपक बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?