मिस एण्ड मिसेस् हेरिटेज हुँदै

Read Time = 3 mins

काठमाडौं । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आयोजना हुने भएको छ । सौन्दर्य प्रतियोगितामार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रबद्र्धनका लागि प्रारम्भ भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट प्रतियोगी चयन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना हुनलागेको हो ।

प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस् दुवैजनाले इप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।

यसको नेपालमा आयोजना ग्रीन आर्टस् मिडिया प्रा.लिले गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रमबीच ‘हेरिटेज पेजेन्टस्’का आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले ग्रीन आर्टस् मिडियाकी अनिला श्रेष्ठलाई प्रतियोगिताका लागि आधिकारिकता प्रदान गर्दै आयोजनाका लागि आधिकारिक प्रमाण पत्र दिनुभयो ।

इप्लानेटले फेसन कोरियोग्राफरसमेत रहनुभएकी अनिला श्रेष्ठलाई प्रतियोगिताका लागि नेपालको राष्ट्रिय निर्देशकसमेत चयन गरिएको छ । यसअघि आधिकारिक कार्यक्रमको आयोजना नगरी अडिशनबाट ‘हेरिटेज पेजेन्टस्’का लागि प्रतियोगी छनौट गरी लैजाने गरिएकोमा अबदेखि कार्यक्रमसहित प्रतियोगी छान्न लागिएको हो ।

सन् २०१६ देखि नियमित नेपालको सहभागिता रहँदै आएको कार्यक्रममा गतवर्ष अर्थात् २०२२ मा माग्रीन आर्टस् मिडियामार्फत् परिन्दा परी श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले सहभागिता जनाउनुभएको थियो । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भिœयाउन सफल हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?