केपिलासगढी गाउँपालिकाले‘बुहारी शिक्षा’अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

१३ औं गाउँसभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष समिर राईले लागू भईसकेको बुहारी शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति अवलम्बन गरिएको बताउनुभयो ।

कस्तो हो बुहारी शिक्षा कार्यक्रम ?
आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रममा गाउँपालिका भरीको सात वडामा विभिन्न स्थानबाट विवाह गरी आएका कक्षा ८ पास र माध्यमिक शिक्षा परीक्षा एसईई उतिर्ण गरेका बुहारीहरुको पढ्ने इच्छालाई पूरा गराउने तथा उच्च शिक्षा हाँसिल गराउने कार्यक्रम हो ।

बुहारी शिक्षा कार्यक्रमले कक्षा ८ पास गरेका बुहारीहरुलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेशनरी लगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गरिदिनेछ । एसईई उतिर्ण गरेका बुहारीलाई कक्षा ११ र कक्षा १२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ ।

आर्थिक, पारिवारीक समस्याका कारण पढ्न नसकेका बुहारीहरुका लागि अघि बढाईएको कार्यक्रममा बुहारीहरु नियमित कक्षामा जान त सक्नुहुन्न शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले भन्नुभयो, त्यसका लागि गाउँपालिकाले ट्युसन पढाउने शिक्षकको व्यवस्थापन गरेर परीक्षामा सामेल गराईनेछ ।

चालू आर्थिक वर्षमा सूचना आव्हान गरेर बुहारी शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह गरेर बुहारीहरुको डाटा संकलन भइरहेको छ । उच्च शिक्षा हाँसिल गर्न हालसम्म ६ जना बुहारीहरू गाउँपालिकाको सम्पर्कमा आएका छन् । ति बुहारीहरुलाई थप अध्ययन गराउँदा लाग्ने सम्पूर्ण खर्च साउनबाट शिक्षा शाखाले व्यर्हाेनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?