ऊनीको झोलामै छुट्यो खुसी !
अब हामी डिजिटल प्रविधिको युगमा प्रवेश गरिसकेयौँ। हालको अवस्थामा सबै सर्वसाधारण नागरिकको हात हातमा स्मार्ट फोन र घर घरमा वाइफाइ नेटको सुख सुबिधा पुगिसकेको छ ।
तर यो कथा ऊनीकै झोलमा छुटेको खुशीको हो। हामी संयुक्त परिवारबाट हुर्केको हौँ । हामीसंग जे जति छ सबै बाँडेर खाने भन्ने धारणा सानैबाट बसेको थियो । बजारबाट समान किनेर ल्याउनु भनेको निकै नौलो कुरा हुन्थ्योँ। बजारबाट नयाँ समान र खानेकुरा ल्याउने भनेको मेला लाग्ने बेलामा मात्रै हो आमा हाँडि किन्न मात्रै भएनी मेला जानुहुन्थ्यो ।
संयुक्त परिवारमा दाइको कपडा भाइलाई मिल्नु र बुबाको कपडा दाइलाई मिल्नुले निकै झगडा पनि गराउनेतर्फ लाने गर्थो।
एकदिनको कुरा हो बाबा निकै समयमा बजारमा जानुभएको थियो । बाबा बजार जानू भनेको हाम्रो लागि सबैभन्दा ठूलो मेला हो साँझ केही न केहि नौलो कुरा बाबाले ल्याउनु हुन्छ बन्ने आशमा हुन हामी बानी परेका थियौं ।
दिदिको र मेरो हजुर आमाले आटाको बोरा काटेर बनाइदिएको बोक्न मिल्ने झोला निकै प्यारो थियो यसअघि मैले कहिल्यै झोला बोकेको थिइनँ ।
हामीमध्ये कति साथीको बोराको झोला पनि थिएन किताब पनि सबै अपुरो र च्यात्तिएको हुन्थ्यो । म बोराको हजुर आमाले बनाइदिएको त्यो झोला बोक्न दिदिबाट धेरै समय लाएर बोक्न सिकेको थिए। मैले चप्पल लगाउन जानेको थिएँ। यत्ती कुरा भएपछी आफुलाई साच्चिकै गर्वले छाती फुल्थ्योँ, लाग्थ्यो म सँसारकै धनी र खुसी मानिस हुँ ।
बोराको त्यो झोला मैले बोकेको समयमा सबैले मलाई नै हेरिरहेका जस्तो लाग्थ्यो सोचे म जस्तो धनी अनि खुसी कोहि छैन यहाँ । साथीहरु अरु कक्षामा भएका सबैले देखुन् भनेर मैले हिड्दा झोला थप बल परेर ढलक्क पारेर हिड्थे ।
आज त बाबा बजार गएर आउने दिन साँझ निकै रमाइलो हुन्छ भन्ने मनमा निकै खुशीको भाव लिएर घर फर्किए बाटोमा तल्लो गाउँ हुँदै करिब ४ कि मि आसपास कटेपछी मेरो घर आउथियो । बाहिर तल्लो गाउँको हजुरआमा दैलेठेलामा बसी कपाल कोर्नुभएको थियो । मैले सोँचे यहाँ पनि यो मेरो झोला देखाउनुपर्छ दायाँबायाँ हेर्द आफ्नो किताब सँगको झोला हल्लाउँदै अघि लम्केर हिँडे ।
हजुरआमा
"ए नाति आज त खुबै ढल्किस त!"
म बोल्नै लागे बोलिन आफ्नै गरिमा घटाउन मन लागेन होला नबोली नबोलि लम्किरहेँ झोलाको खुसिको मातमा म निकै फुरुक्क भएँ ।
अलि अघि लाग्दा बाँदर सातो लियो म रुँदै अघि ठडिँदै हिडेको हजुर आमाको मा पुगेछु। मलाई खुबै जिस्कानु भयो । पछि हाम्रो घरमै आएर घरको सबैलाई सुनाएर रमाइलो गर्नुभयो ।
मलाई तिनै खुशी अजै याद छ ! अब मलाई घरमा बाबाले बजारबाट ल्याएको पाउरोटी निकै मन पर्छ । बाबाले ल्याउनुभएको रैछ मजाले दुधसँग खाँए लागो अरु घरमा त यति रमाइलो होला र?
म त्यतिबेला संसारकै खुसीमा धनी थिएँ ।
एकछिन पछि आमा दुईवटा उस्तै ऊनीका
झोला निकाल्नु भयो म उठेर नाचे किनकी अब कुनै खुसीको सिमाना रहेन ।
मैले पहेँलो रोजे दिदिले खैरो रोजिन् अब ऊनीको झोला लिएर स्कुल जानुको आनन्द सम्झेर मलाई निद्रा नै परेन आहा खुसी ।
आजभोलि मसँग सबै खुसी तेहि झोलामै छुटेजस्तो लाग्छ के चाहिन्छ ? सबैथोक छ जे चाहिन्छ त्यो झोलामै छुटिगयो ।
त्यो तहको खुसी न कुनै स्मार्ट फोनले दियो न त कुनै ल्याप्टप टिभिले सबैभन्दा खुसी बालापन अनि सानो सानो कुरा नै रहेछन जिन्दगीमा ।
🖌️सुजन गैह्रे (स्याङ्जा वालिङ् )
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच