स्थानीयको बिश्वास जित्दै पाल्ही अस्पताल

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 9 mins

नवलपरासी । पहिलो सन्तान २०७३ साल चैत्र २९ गते बुटवलको आम्दा अस्पतालमा जन्माएकी उमा हरिजनले दोस्रो सन्तान पाल्ही अस्पतालमा नै जन्माउने निर्णय लिनुभयो । उमा हरिजन र प्रदिप गौतम हरिजन दम्पती हुनु हो। यी दम्पतीले एक छोरा र एक छोरी गरि दुइ सन्तानलाई जन्म दिएका छन् ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ बस्ने यी दम्पतीले पाल्ही अस्पतालको सेवा सुबिधा राम्रो छ भन्ने सुनेर अस्पताल गएको बताउँछन् । प्रदिपले भन्नुभयो- 'पहिलो सन्तान छोरा भएको हो जसको जन्म बुटवलको आम्दामा भयो । दोस्रो सन्तान हुने बेलामा बुटवल जाने कुरा चलिरहेको थियो । तर केहि साथीभाइले पाल्ही अस्पतालमाको सेवा राम्रो छ भने त्यसैले हामीले पाल्हि अस्पतालमा गयौं ।'

पहिलो सन्तान बुटवलको आम्दा पुगेर जन्माएका हरिजन दम्पतीको दोस्रो सन्तान पाल्हीमा जन्माउन पाउँदा खुसी छन् । 'आम्दामा नर्मल डेलिभरी हुदा करिव ४० हजार खर्च भयो तर दोस्रो सन्तान पाल्ही अस्पतालमा जन्माउदा केहि खर्च लागेन, औषधि पनि निशुल्क पायौं । केहि समय पछि पैसा पनि पायौं ।' उहाँहरुकाे भनाइ छ ।

हरिजनले पाल्ही अस्पतालबाट राम्रो सेवा पाएको बताउँदै उहाँ भन्नुहुन्छ- मैले पाल्ही अस्पतालबाट राम्रो सेवा पाएको थिए त्यसैले अरुलाई पनि तेहि जान भन्छु ।' अहिले हरिजन मात्रै होइन अहिले पाल्ही अस्पतालमा बच्चा जन्माउन नवलपरासीका रामग्राम, सरावल, पाल्हिनन्दन तथा रुपन्देहीका विभिन्न पालिका र भारतबाट समेत डेलिभरीको सेवा लिन आउने गर्दछन् ।

पहिला पहिला महिना भरीमा १र२ जना मात्र डेलिभरी हुने यो अस्पतालमा अहिले महिनाको १५ देखी २० जनासम्म डेलिभरी भएका अस्पतालले जानकारी दिएको छ । आर्थिक बर्ष २०७६/७७ मा १ सय ६३, ०७७/७८ मा १ सय ६५ जनाले सेवा लिएका छन । अस्पतालको रेकर्ड अनुसार गत बर्ष १ सय ७६ जनाले डेलिभरी सेवा लिएकोमा अहिले १ सय ९५ जनाले सेवा लिनु भएको छ । जुन गत बर्ष भन्दा करिब १० प्रतिशतले बढी हो ।

अहिले स्थानीयबासीहरुले बच्चा जन्माउन र विभिन्न रोगहरुको उपचार गर्न आउने क्रम बढेको र बिरामी बढेसङ्गै सेवा बिस्तार गरेको अस्पतालका प्रमुख राजकुमार गुप्ताले बताउनु भयो । उहाँ भन्नूहुन्छ-'पालिका बासीलाई आवस्यक पर्ने स्वास्थ्य उपचार पाल्ही अस्पतालमा नै गर्नका लागी हामीले एक पछि अर्को सेवा बिस्तार गरेका छौ । अहिले हामी कहाँ रुपदेही र नवलपरासीका विभिन्न पालिका र छिमेकी मुलुक भारतको महाराजगन्जबाट समेत उपचारका लागी आउनु हुन्छ ।' गत आर्थिक बर्षमा हेर्दा १३ जना भारतियहरु पाल्ही अस्पतालमा आएर सन्तान जन्माएका छन ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई गाउपालिकाले १५ शैयाको अस्पतालको संचालन गरेको छ । स्रोत र साधनका कारण अस्पताल संचालनमा केहि समस्य रहेको पाल्हिनन्दन गाउपालिका प्रमुख बैजु प्रसाद गुप्ताले बताउनु भयो । उहाँ भन्नु हुन्छ - 'गाउँपालिकाले स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याएको छ । हामीसंग स्रोत र साधन कम छ त्यसैले हामीले पाल्हिनन्दन बासीलाई सेवा दिन गाउपालिकाले सहयोगी सस्थाहरु इन्देणी सामाजिक बिकास मञ्च र युनाइटेड मिसन टु नेपालसङ्ग सहकार्य गरेर केही स्वास्थ्य समाग्रीहरु थप गरेका छौं ।'

गाउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइएको छ । हाल १५ शैयामा संचालनमा रहेको अस्पतालमा २८ जना कर्मचारीहरु कार्यरत रहेका छन । २८ जना कर्मचारीले १५ शैयाको अस्पताल सञ्चालन गर्नु आफैमा निकै चुनौती पुर्णकार्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले बताउनु भयो । पन्थीका अनुसार- 'पाल्हिनन्दन गाउँपालिकाले स्थानीय जनतालाई सेवा दिनका लागी अस्पताल संचालन गर्नु आफैमा राम्रो हो । १५ शैयाको अस्पताल संचालन गर्न २८ जना मात्र कर्मचारीले गुणस्तर सेवा दिन अन्यन्तै कठिन हुन्छ ।'

पाल्हिनन्दन गाउपालिकाबासीले स्वास्थ्य सेवा पाउने बिषयमा पालिकासङ्ग मिलेर काम गरेको इन्द्रेणी सामाजिक बिकास मन्चका प्रमुख कार्यकारी निर्देशक बद्री सुबेदीले बताउनु भयो । उहाँ भन्नु हुन्छ,  ' हामीले पालिकाको समन्वयमा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभाकारी बनाउन गाउपालिकासङ्ग मिलेर काम गरेका छौं ।'

इन्देणी सामाजिक बिकास मञ्च र युनाइटेड मिसन टु नेपालको साझेदारीमा डिजिटल एक्सरे मेसिन, बेड सिट, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर मेसिन, पेरि लाइटलागायतका स्वस्थ्य समाग्रीले स्वास्थ सेवा प्रदान गर्न सहज भएको देखिन्छ । जिल्ला समन्वय समितिका संयोजक भगौती प्रसाद यादवले स्वास्थ्य क्षेत्रमा इन्देणी सामाजिक बिकास मन्च र युनाइटेड मिसन टु नेपालको सहकार्यमा पश्चिम नवलपरासीका पालिकाहरुसङ्ग समन्वय गरेर काम भैरहेको बताउनु भयो। उहा भन्नु हुन्छ- 'जनताको प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य जस्तो क्षेत्रमा इन्देणीले पालिकासङ्ग समन्वय गरेर काम गरेको छ जुन अत्यन्तै सकारात्मक छ ।'

पाल्हिमा अस्पताल नहुदा समान्य उपचारका लागि परासी, महेश्वपुर वा बुटवल, भैरहवा जानु पर्ने बध्याता हटेको छ । अस्पताल संचालनमा आए सङ्गै स्थानीयको सेवा सुबिधाका लागी केहि सेवाहरु थप गर्दै लगेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्वास्थ्य सेवाको सुचारु मात्र नभइ दिगोपनमा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ - 'स्वास्थ्य क्षेत्र आफैमा अत्यन्तै संबेदनसिल क्षेत्र हो । स्वास्थ सेवाको सुचारु र सेवा बिस्तार गर्नु राम्रो काम हो अब यसको दिगोपनामा समेत ध्यान दिइ गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेमा ध्यान दिनु पर्दछ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?