लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा ‘सम्मानार्थ सदस्यता’ प्रदान

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आठजना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रतिष्ठानले कुमार बस्नेत, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई सम्मानार्थ सदस्यता प्रदान गरिएको हो ।

कार्यक्रममा गायक गायिका पशुपति शर्मा, रामजी खाँड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ति श्री, रेशम निर्दोशलगायतले सम्मानार्थ सदस्यहरूको लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानले अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ आयोजना गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?