विभूषणका नाममा राज्यलाई करोडौंको व्ययभार

Read Time = 6 mins

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न उद्योगी व्यवसायी र बैंकरलगायत नौ सय ९८ जनालाई मानपदवी-अलंकार-पदक (विभूषण) प्रदान गर्ने घोषणा गरेको छ । सरकारले भदौ ३१ मा निर्णय गरेर पठाएको उक्त सूची राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन सार्वजनिक गरेको हो । सरकारले व्यावसायिक क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका र वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने भएको छ भने सुप्रबल जनसेवाश्री पाउनेमा कुशकुमार जोशी, कुसुम लामा, राम थापा, रामबहादुर कोइरी, राजेशकुमार अग्रवाल, शशिधर शर्मा, जगदिशप्रसाद अग्रवाल, अरुणकुमार केसी, मुरलीधर रुंगटा, बेनिगोपाल मुन्दडा र सिर्जना राणा हुनुहुन्छ ।

करोडौं रुपैयाँ खर्च हुने विभूषण वितरणको चर्को आलोचना हुँदै आएको छ । सरकारले राष्ट्रिय योगदानका आधारमा भन्दा पनि ‘आफ्ना मान्छे’ लाई खुशी पार्न विभूषण चकलेट जसरी वितरण गर्न थालेपछि विवादित बनेको हो ।

त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष जीवा लामिछानेले कीर्तिमय राष्ट्रदीप प्राप्त गर्नुभएको भने प्रबल जनसेवाश्री पाउनेमा व्यवसायी बिन्दु गुप्ता, सुशिलकुमार गोयन्का, मुरारीलाल अग्रवाल, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, खेमबहादुर केसी, भरतप्रसाद पराजुली, विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दिपेन्द्रकुमार कलवार, सुनिल केसी तथा ज्ञानेन्द्रप्रसाद ढुंगाना, बालकृष्ण भुसाल, चिराग गोयल, डा. सुबोधकुमार गुप्ता, भीम घिमिरे, सीताराम उप्रेती, राजेन्द्रप्रसाद अर्याल र सुरेन्द्रकुमार गोयल हुनुहुन्छ ।

त्यसैगरी चतुर्भुज अग्रवाल, नरेशप्रसाद श्रेष्ठ, खुमबहादुर सुवेदी, उमाशंकर अग्रवाल, अशोककुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी, दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, डा. शान्तकुमार उपाध्याय, कुमुदकुमार दुगड र लक्ष्मी शर्माले पनि प्रबल जनसेवाश्री पदवी पाउनुहुनेछ ।
त्यसैगरी जनसेवाश्री पदक पाउने व्यवसायीहरूमा दिनेश अधिकारी, नरेशकुमार अग्रवाल, मिलनबाबु मल्ल, कृष्णमुरारी अग्रवाल, जीवकान्त काफ्ले, पुरिचन्द्र देवकोटा, ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमनबिक्रम पाण्डे, मानसिंह साउद, मिङ्मा शेर्पा अस्मिलाल भट्टराई र राजेन्द्रकुमार अग्रवाल हुनुहुन्छ । समाजसेवा रत्न पाउनेमा अम्बिका शर्मा लामिछाने, रुक्मणि देवकोटा, प्रसन्न अर्याल हुनुहुन्छ भने विकासरत्न पदक पाउनेमा कुलचन्द्र ज्ञवाली, विनायक शाह, मोहनराज ओझा, टीकाबहादुर श्रेष्ठ, आङगेल्बु शेर्पा, मनोजकुमार भारती, यमुना श्रेष्ठ र दीपक नेपाललगायत हुनुहुन्छ ।

त्यसो त करोडौं रुपैयाँ खर्च हुने विभूषण वितरणको चर्को आलोचना हुँदै आएको छ । सरकारले राष्ट्रिय योगदानका आधारमा भन्दा पनि ‘आफ्ना मान्छे’ लाई खुशी पार्न पदकलाई चकलेट जसरी वितरण गर्न थालेपछि विभूषण विवादित बनेकोे हो । चौतर्फी आलोचना भए पनि यसपटक पनि सरकारले नौ सय ९८ जनाका लागि विभूषण वितरणको घोषणा गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले विभूषणका निम्ति बर्सेनि खर्च दोब्बर हुँदै गएको भन्दै खर्च नियन्त्रणका लागि सरकारलाई सुझाएको थियो । अघिल्लो वर्ष विभूषणका लागि १० करोड २२ लाख १६ हजार रुपैयाँ खर्च भएको थियो । गत वर्ष सरकारले नौ सय तीनजनालाई पदक तथा विभूषण प्रदान गरेको थियो । महालेखाले पदकको धातुको परिमाण र गुणस्तरबारे पनि प्रश्न उठाएको छ । महालेखाको ५७औं प्रतिवेदनमा विभूषणमा प्रयोग भएको सुनचाँदीलगायत धातु खरिदको बिल, ज्याला तथा जर्तीका आधारमा परिमाण र मूल्य खुल्न नसकेको उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?