खाडी र मलेसियामै निर्भर श्रम बजार

चालु आर्थिक वर्षमा आठ लाख वैदेशिक रोजगारीमा, इतिहासमै धेरै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को असार दोस्रो सातासम्म सात लाख ४० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । रोजगारीको लागि उनीहरू ७३ देशमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा १०५ वटा म्यानपावरहरूले दुईदेखि पाँच हजारभन्दा बढी कामदार विभिन्न देश पठाउन सफल भएको विभागले जानकारी दिएको छ । विभागले आर्थिक वर्ष सकिन दुई साता बाँकी हुँदै म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकको तथ्यांक सार्वजनिक गरेको हो । सात लाख ४० हजारभन्दा बढी श्रमिकले रोजगारीका लागि विभिन्न देश जान अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । नेपालको इतिहासमै धेरै कामदार वैदेशिक रोजगारीमा गएको यो पहिलोपल्ट रहेको विभागले जनाएको छ । ७७ वटा म्यानपावरले एक हजारदेखि दुई हजार श्रमिकलाई विदेश पठाएका छन् । १४ वटा म्यानपावर कम्पनीले तीनदेखि पाँच हजारभन्दा बढी कामदार विदेशी पठाएको विभागको तथ्यांकमा छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएका ८५४ वटा म्यानपावरमध्ये १०० भन्दा कम श्रमिक पठाउने २१२ म्यानपावरको नामावली विभागले सार्वजनिक गरेको छैन । एक आर्थिक वर्षमा वर्षमा १०० जना श्रमिकलाई रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको नवीकरण नहुने र इजाजतपत्र रद्द हुने कानुनी व्यवस्था छ । ऐनमा उल्लेखित संख्याभन्दा कम श्रमिक पठाउने म्यानपावर कम्पनीको नामावली सार्वजनिक नगरिएको विभागले जानकारी दिएको छ । विभागले प्रकाशन गरेको आँकडाअनुसार चालु आवको यस अवधिमा द रिभर ओभरसिजले वैदेशिक रोजगारमा सबैभन्दा बढी श्रमिक पठाएको छ । उक्त म्यानपावर कम्पनीले पाँच हजार १२ जना नेपालीलाई विदेश पठाएको विभागले जनाएको छ । त्यस्तै, दोस्रोमा इन्टरनेसनल म्यानपावर रिक्रुटमेण्ट रहेको छ । सो कम्पनीले पाँच हजार दुई जना श्रमिक पठाएको तथ्यांक छ । तेस्रोमा वाइडस्पेस इन्टरनेसनलले तीन हजार ९२० जनालाई रोजगारीका लागि विदेश पठाएको छ । चौथो स्थानमा रहेको नीलकमल ह्युमन रिसोर्सले तीन हजार ६४१ जनालाई विदेश पठाएको छ भने पाँचौँ स्थानमा रहेको एक्सेस पार्टनर्सले तीन हजार ४२८ जनालाई विदेश पठाएको विभागले उल्लेख गरेको छ । यसैगरी, मोन्टेज ओभरसिज, मेरिडियन ओभरसिज, एसओएस म्यानपावर सर्भिस र मास ह्युमन रिसोर्सले तीन हजारभन्दा बढी श्रमिक विदेश पठाएर रेकर्ड राखेका छन् ।

चालु आर्थिक वर्षमा नेपालको इतिहासमै सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पनि मलेसिया र खाडीकै देशमा ८५ प्रतिशत वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा युरोपका देश, जापान, दक्षिण कोरिया, अमेरिका, क्यानडा, मलेसिया र अन्य देशमा नेपालीहरू श्रम स्वीकृति लिएर गएको उहाँको भनाइ छ । विभागका अनुसार चालु आर्थिक वर्षमा आठ लाखभन्दा धेरै विदेशिने बताइएको छ ।

लाखौँ गुणा बढे
कोरोनाको असर कम हुँदै गएपछि ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाखभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् । चालु आर्थिक वर्षमा सात लाख ४० हजार विभिन्न देश गएका हुन् । यसको आर्थिक वर्षदेखि युरोपका देश जाने कामदार बढेको विभागले जनाएको छ । वैदेशिक रोजगार विभागले तथ्यांक राख्न सुरु गरेको वर्ष आर्थिक वर्ष २०५०/५१ मा तीन हजार ६०५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ । सरकारले यही वर्षदेखि विदेशिने कामदारको तथ्यांक राख्न थालेको थियो । यो संख्या चालु आर्थिक वर्षमा आइपुग्दा लाखौँ गुणा बढेको विभागले जनाएको छ ।

२०५१/५२ मा दुई हजार १५९ जनाले श्रम स्वीकृति लिए भने २०५२/५३ मा दुई हजार १३४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । यस्तै, यो संख्या बढेको आर्थिक वर्ष २०५७/५८ मा वार्षिक ५० हजार, २०५८/५९ मा एक लाख र ०५०/५१ देखि आर्थिक वर्ष २०६८/६९ सम्म २४ लाख ६५ हजार ६९९ जना बढेर पुगेको विभागले तथ्यांकमा छ । साथै, आर्थिक वर्ष, २०७३/७४ मा ६ लाख ४२ हजार ८५९, २०७३/७४ मा ६ लाख ४२ हजार, २०७४/७५ मा ६ लाख १२ हजार ६८५ जना, २०७५/७६ मा पाँच लाख आठ हजार ८२८ जना, २०७६/७७ मा चार लाख ६८ हजार ४३३, २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जना विदेशिएको विभागले जनाएको छ । कोरोनाका कारण दुई वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको विभागले जनाएको छ । कोभिडका कारण अन्तर्राष्ट्रिय उडान बन्द तथा विभिन्न देशमा आप्रवासी प्रवेशमा कडाइ गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । कोरोनाका कारण आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । उक्त वर्ष मात्रै अन्तिम श्रम स्वीकृति लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सात महिनाकी गर्भवतीले जितिन् करातेमा स्वर्ण पदक टी-२० त्रिकोणात्मक सिरिज : दक्षिण अफ्रिका च्याम्पियन मावली आएका युवाले गरे ७२ वर्षीया हजुरआमाको हत्या प्राकृतिक विपत्तिका मृतकको सम्झनामा गोल्डेन सुनगाभा स्कुलमा शोकसभा बालसुधार गृहका किशोरलाई मनोसामाजिक सचेतना राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन [तस्वीरहरु] कांग्रेस महामन्त्री घिमिरेलाई प्रश्न : अद्यावधिक नभएका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी गराउने… बाढीमा ज्यान गुमाएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन