काठमाडौंका सिडिओ उपाध्याय सचिवमा बढुवा

सत्यनिरूपण आयोगको बाधा अड्काउ फुकाउ पुस मसान्तसम्म

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको हो । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो ।

यस्तै, बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने भन्ने निर्णय भएको छ । निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा श्री घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको छ ।’ उपाध्याय काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

यस्तै, एक मन्त्रीका अनुसार बैठकले केही ठेक्काहरूको म्याद थप गर्ने निर्णय गर्नुका साथै शहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरणमा अर्को व्यवस्थापन नभएसम्म सहसचिव कुवेर नेपालीलाई जिम्मा दिने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?