प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विष्णु रिमालको कटाक्ष

सधैँ अर्काको गालामा काँक्रोको वियाँ टाँस्ने कलाका च्याम्पियन प्रचण्डलाई आफ्नै गालामा टाँसिएको पत्तो भएन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको जवाफ खोज्नै पर्ने बताउनु भएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले लगायतका नेताहरुले विरोध गरेका छन् ।

एमाले उपमहासचिव रिमालले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ- "सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ?"

साथै रिमालले यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? भनि प्रश्न गर्नुभएको छ ।

उहाँले थप लेख्नुभएको छ– "हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? 'प्रितम सिंह थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्‍यो ?"

पाँच बर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने/ गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्नेगरी चुनिएका संघीय संसदका माननीयहरु कसैका रबर स्ट्याम्प हुन् र ! उहाँले प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ- 'माननीय ज्यू,  तपाईँहरुलाई लाग्दैन सभाहलमा टेबल ठोकी ठोकी आफूले चुनें भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ !'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?