प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदमा एमालेको विरोध

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले देशको शिर निहुरिएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिनुभएको भनिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा (एमाले) लगायत प्रतिपक्ष दलहरुले प्रतिनिधि सभामा विरोध गरेका छन् ।

बुधबार संसदको बैठक सुरु भए लगत्तै समय लिएर एमाले सांसद रघुजी पन्तले संसदमा बोल्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताउनु भयो ।

सांसद पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउनु भयो। उहाँले भन्नुभयो, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नआएसम्म सदन चल्न नसक्ने बताउनु भयो ।

त्यसपछि एमाले लगायत प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?