रियलमी ११ प्रो ५ जी आउँदै

Read Time = 1 min

काठमाडौं । रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार रियलमी ११ प्रो सिरिज ५ जी यस वर्षको उत्कृष्ट फ्ल्यागसिप क्यामरा फोन हो ।

नयाँँ रियलमी ११ प्रो ५ जीको क्यामरामात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्राण्ड गुच्चीका पूर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५ जीको डिजाइन गरिएको हो ।

सय एमपी क्यामेरा, लक्जरियस डिजाइन, पाँच सय एमएएच ब्याट्री र सय वाट सुपरभोक चार्जरका साथ रियलमी ११ प्रो ५ जीमा १२ जिबी र्‍याम, २५६ जिबी इन्टरनल स्टोरेज रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?