राष्ट्रियसभा बैठक बस्दै, एमालेले अवरोध गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादित अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गर्नुभएको थियो ।

त्यसपछि ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको बैठक पनि सञ्चालन हुन नसकेपछि बैठक सूचना जारी गर्दै आजका लागि बोलाइएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठक सहज रुपमा सञ्चालन हुनेमा आशंका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?