कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सभामुख बाबुराम गौतमको पनि नाम समावेश गरेर कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका थापाले दाबी पेश गर्नुभएको थियो ।

थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का चार, जनता समाजवादी पार्टी (जसपा) का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेश गरिएको थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?