आयोगद्वारा घुससहित पक्राउ परेका वडाध्यक्ष र वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका–२ का अध्यक्ष बुलन यादव र वडा सचिव अमृतनारायण मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका उनीहरू विरुद्ध आज (शुक्रबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार वडाअध्यक्ष यादव र सोही वडाका सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको ७० हजार रुपैयाँ घुसररिसवत रकमसहित नियन्त्रणमा लिएको थियो ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायको समेत मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?