आइतबार दिउँसो १ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित

बैठक बस्ने वातावरण बनाउन दलहरुलाई सभामुखको आग्रह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमालेले अवरोध गर्ने भएपछि सूचना टाँसेर स्थगित गरिएको हो ।

शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरुलाई आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?