दुई अर्बभन्दा बढीको सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । सेयर बजारमा उच्च कारोबार भएको छ । मंगलबार सेयर बजारमा दुई अर्बभन्दा बढीको कारोबार भएको हो । यस दिन सेयर कारोबार मापक नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ अंकमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ८.८५ अंकले बढेर ३६७.७४ अंकमा पुगेको छ ।

कारोबार भएका १३ वटै समूहगत सूचक बढेका छन् । उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक ४.०५ र लघुवित्तको ४.०३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा, जीवन बीमा, व्यापार, होटल तथा पर्यटनमूलक, फाइनान्सको सूचक तीन प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन कुल ६० लाख ६७ हजार चार सय ३२ कित्ता सेयर दुई अर्ब २० करोड २३ हजार नौ सय ४६ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । अघिल्लो दिन सोमबार ६० लाख ६७ हजार सात सय ५२ कित्ता सेयर एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ मूल्यमा खरिदबिक्री भएका थिए । कारोबार रकम ९३ करोड रुपैयाँले बढेको हो ।

कारोबारका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्टको १० करोड पाँच लाख १५ हजार चार सय ३९ रुपैयाँ बराबरका दुई लाख ३३ हजार छ सय नौ कित्ता सेयर कारोबार भएका छन् । नेपाल टेलिकमको आठ करोड ९९ लाख २७ हजार, एनआइसी एसिया बैंकको सात करोड २३ लाख ६१ हजार, हिमालय एभरेष्ट इन्स्योरेन्सको सात करोड १९ लाख ९७ हजार र हिमालयन डिष्टिलरीको छ करोड ७९ लाख छ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर ८.३७, अजोड इन्स्योरेन्स ८.०८, ग्लोबल आइएमई लघुवित्त ७.९२, मिर्मिरे लघुवित्त ७.८४, विजय लघुवित्त ७.६३ र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ७.४० प्रतिशतले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?