काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित हुनुभएको छ । शनिबार राजधानीमा सम्पन्न सातौँ महाधिवेशनमा भएको निर्वाचनमा शर्मा तीन सय २३ मतका साथ विजयी भएको हुनुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्घिप्रसाद अधिकारी र सरोज मास्के रहेका छन् भने महासचिवमा विष्णुप्रसाद पौडेल, उपमहासचिवमा अर्जुनकुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह-कोषाध्यक्षमा रविन बराल निर्वाचित भएको महासंघले जनाएको छ । लेखा समिति संयोजकमा कृष्णराम कार्की रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच