ठोरी आसपासमा आतंक मच्याउने बाघ नियन्त्रणमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

पर्सा । ठोरी गाउँपालिकालगायत आसपासको क्षेत्रमा आतंक मच्चाउदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले बाघ नियन्त्रणमा लिएको हो ।

ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार  पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावार मारेर खान थाले पछि स्थानियको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिईएको हो ।

बाघका कारण स्थानियको ज्यान नै जोखिम पर्ने सम्भावना बढे पछि स्थानियले निकुञ्जलाइ बाघ  नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

सो बाघलाई नियन्त्रणमा लिनु अघि ठोरी आसपासका क्षेत्र तथा  बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेर रेक्की गरिएको थियो । पाँच दिनको अनवरत प्रयास पछि सो बाघलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली सफल भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?