सुरक्षाकर्मीले यसरी गर्छन् विपद् व्यवस्थापन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । केही दिनदेखि पाल्पाको तानसेन नगरपालिका– ३ तानसेन–तम्घास सडक क्षेत्रको अप्पु भिलेज क्षेत्रमा सेना प्रहरीको बाक्लो उपस्थिति रह्यो । उक्त क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरु के नै भए छ र भनि हेर्न पुग्नेको भिडभाड बढ्यो । मानिसहरुले निकै चाख दिएर सेना प्रहरीले गरेका गतिविधी अवलोकन गरे । बर्षा, पहिरो तथा सडक दुर्घटनाका कारण घाइते भएका, पुरिएका तथा भिर खोच तथा मानिसहरु सजिलै जान नसक्ने अवस्थामा घाइतेको सुरक्षित तरीकाबाट उद्दार गर्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा रेडक्रसकर्मी, स्वास्थ्यकर्मीले गरेको पूर्व अभ्यासमा सहभागी यात्रुहरुले पनि ध्यान दिएर हेरे । पूर्व तयारी प्रदर्शनमा भिर तथा खोचमा फसेका घाइते व्यक्तिहरुलाई व्यवस्थित तरिकाबाट डोरी अथवा रसीको माध्यमबाट उद्दार गरिएको थियो । भिरमा फसेका व्यक्तिहरुलाई डोरीको माध्यमबाट नेपाली सेनाका जवानहरुले उद्दार गरी प्राथमिक उपचारसहित अस्पतालमा पु¥याएको दृश्य देख्न सकिन्थ्यो ।

विपद् प्रदर्शनमीमा उच्च पहाडी क्षेत्रको खोच तथा अग्ला पहाडमा फसेका व्यक्तिहरुलाई निश्चित भू–भाग वा रुख, पक्की चट्टानमा बलियो रसी वा डोरी बाधेर फसेका व्यक्तिहरुलाई उद्दार गरिएको थियो । खोचमा फसेका व्यक्तिलाई छिटो भन्दा छिटो उद्दार गर्न भिरालो भागमा समेत डोरीको माध्यमबाट छिटो उद्दार गरिएको अवस्था सर्वसाधारणलाई देखाइएको थियो ।

प्रदर्शनमा उद्दारमा खटिएका सुरक्षाकर्मीहरु मध्ये केही रसीको सहायताबाट घटना स्थलसम्म पुग्ने र घाइतेको उद्दार गरी प्राथमिक उपचार स्थलसम्म ल्याई एम्बुलेन्स मार्फत अस्पताल पु¥याउने व्यवस्था गरिएको थियो । अर्काे तर्फ डोरीको माध्यमबाट एक स्थानबाट अर्काे स्थानमा झुण्डाएर घाइतेलाई एक्लै वा उद्दारकतांसँग संगै पठाएर खोच तथा पहाडमा फसेका व्यक्तिहरुलाई उद्दार गरियो । यो प्रक्रियाबाट खोच तथा भिरमा फसेका व्यक्तिलाई घटना स्थलको अवस्था हेरिकन तल माथि दुबै तर्फ घाइतेलाई उद्दार गर्न सकिने गरी प्रदर्शनमा देखाइएको थियो । बाढी पहिरोमा फसेका व्यक्ति, सडक दुर्घटनामा परी अफठ्यारो भिरमा फसेका व्यक्ति,घाँस दाउरा गर्न जादा भिरमा अड्किएका व्यक्तिहरुको सुरक्षित उद्दार कसरी गर्ने भन्ने कृत्रिम अभ्यास उक्त क्षेत्रमा गरिएको थियो ।

अहिले बर्खाको समयमा बाढी, पहिरो, सडक दुर्घटना जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धी सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो । प्राकृतिक र मानव सिर्जित बाढी पहिरो, आगलागी, सडक दुर्घटना जस्ता विपद्का घटना कसरी हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्दार गर्ने जस्ता विषयमा अभ्यास गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकत्व, दि फेमस महिन्द्र दल गणको अगुवाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी पाल्पा, पाल्पा अस्पताल, स्थानीय तह विपद् व्यवस्थापन सेलको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी ५ दिने एकिकृत ‘हातेमालो अभ्यास’ गरिएको हो । असार १८ गतेदेखि तानसेन नगरपालिका– ३ तानसेन–तम्घास सडक क्षेत्रको अप्पु भिलेजस्थित वनदेवी क्षेत्रमा अभ्यास प्रदर्शन गरिएको थियो ।

घटनाबाट प्रभावितलाई खोजतलास तथा उद्दार कार्यलाई छिटो छरितो र प्रभावकारी ढंगले अघि बढाउन सघाउ पु¥याउने उद्देश्यले ‘हातेमालो अभ्यास’ गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्ददेव विष्टले बताउनुुभयो । संयुक्त अभ्यासले उद्दारमा खटिएका सुरक्षाकर्मीको मनोवलवल उच्च हुनुका साथै सामुहिक उद्दार कार्यमा खटिदा कार्य क्षमतामा अभिवृद्धि हुनुको साथै व्यवहारिक ज्ञान समेत हासिल हुने अभ्यासमा सहभागी नेपाल रेडक्रसका सोसाइटीका कार्यकारी निर्देशक विनोद भारतीले बताउनुभयो ।

अभ्यासमा पुग्नुुभएका प्रमुख जिल्ला अधिकृत बन्धुप्रसाद बास्तोलाले जुनसुकै बेला पनि प्राकृतिक विपद् आउन सक्ने हुँदा त्यसको उद्दारका लागि सुरक्षा निकाय जति बेला पनि तयार रहनुपर्ने बताउनुुभयो । विपद् प्रतिकार्यमा क्रममा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गरिएको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएको उहाँले बताउनुभयो ।

विगतका समयमा बाढी र पहिरोबाट यहाँ ठूलो जनधनको क्षति भएको र मनसुन पूर्णतया सक्रिय हुने समय भएको बेला यस्ता घटना विरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहन संयुक्त अभ्यासमूलक अनुशिक्षण प्रभावकारी हुने प्रजिअ बास्तोलाले विश्वास व्यक्त गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?