आर्मी र पुलिसको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा शैलुङ बागढुंगा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फको पहिलो खेलमा आर्मीले शैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो । पहिलो सेटमा आर्मीले एकपक्षीय जित हात पा¥यो ।

शनिबार नै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५-१०, २५-१०, २५-११ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुलिसको जितमा स्पाइकर उषा भण्डारी खेलको प्लेयर अफ दी म्याच चुनिनुभयो ।

प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ सात टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुंग बागढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहेका छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?