असार सकिनै लाग्दा २७ प्रतिशतमात्रै रोपाइँ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हालसम्म देशभर २७ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पुशपन्छी विकास मन्त्रालयका अनुसार असार २१ गतेसम्ममा २६.७१ प्रतिशतमात्रै रोपाइँ भएको पाइएको हो । गत वर्षको सोही अवधिमा ४० प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकोमा हालसम्ममा तीन लाख ६२ हजार छ सय २५ हेक्टरमा मात्रै रोपाइँ भएको हो । मन्त्रालयको तथ्यांकअनुसार कोशी प्रदेशको दुई लाख ७५ हजार हेक्टरमा रोपाइँ हुने गरेकोमा एक लाख आठ सय ९१ हेक्टरमा अर्थात् ३६.६७ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

मधेश प्रदेशमा तीन लाख ५४ हजार हेक्टरमा रोपाइँ हुँदै आएकोमा ३३ हजार सात सय ७३ हेक्टर अर्थात् ९.५३ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ३०.७८, गण्डकीमा १७.५५, लुम्बिनीमा २४.४३, कर्णालीमा ४५.०२ र सुदूरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा कोशीमा ३१.९६, मधेश प्रदेशमा ३०, बागमती ४३, गण्डकीमा ६२.३२, लुम्बिनीमा ५३, कर्णालीमा ५६.३१ र सुदूरपश्चिम प्रदेशमा ७२.७० प्रतिशत रोपाइँ भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?