सडक दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दैनिक रुपमा भएका सडक दुर्घटनाप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गर्नुभएकाे छ ।

दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत् यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनु भएकाे हाे ।

‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले भन्नुभएकाे छ, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?