जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । गोदावरी नगरपालिका-२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६०० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?