नवलपरासीमा लागुऔषधसहित एक जना पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १ मा लागुऔषधसहित एक जना ब्यक्ति पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी, लागुऔषध नियन्त्रण एकाई र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले ४४ वर्षका मनोज कुमार चमारको घरमा छापा मार्दा लागु औषध भेटिएपछि चमारलाई पक्राउ गरिएकाे हाे ।

चमारकाे घर नजिकै खाल्टो खनेर पुरेर राखिएको अवस्थामा डाईजापाम १ सय ८६ पिस, फेनरागन १ सय ८८, नुफिन १ सय ८६ र कोरेक्स १० बोतल बरामद गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले बताउनु भयो ।

पक्राउ परेका चमारलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?