काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनुभएको छ ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहो¥याउने प्रतिवद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले गहिराईमा गएर जवाफ दिन भने नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटी गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहो¥याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन । गहिराइबाट जवाफ आएको छैन । उहाँको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौँ ।’
प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच