अनुसन्धान टोली समक्ष इमरान खानको बयान, भन्छन्- ‘मलाई राजनीतिबाट हटाउन खोजिँदैछ’

हिमालय टाइम्स
Read Time = 3 mins

इस्लामबाद । पाकिस्तानका पूर्व मुख्यमन्त्री इमरान खानको समस्या अझै कम हुन सकेको छैन ।

सोमबार इमरान खान १२ आपराधिक मुद्दामा आफ्नो बयान रेकर्ड गर्न दुई अनुसन्धान टोलीसामु हाजिर भएका थिए । खान विरुद्ध पाकिस्तान दण्ड संहिता र आतंकवाद विरोधी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनी सोही मुद्दामा जवाफ दिन अनुसन्धान टोली सामु हाजिर भएका हुन ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरान खानले सोमबार वरिष्ठ प्रहरी उपरीक्षक यासिर अफ्रिदी र प्रहरी उपरीक्षक रुखसार मेहदीको नेतृत्वमा रहेको दुई अनुसन्धान टोलीसामु आफ्नो बयान रेकर्ड गराएका छन् ।

यस क्रममा उनलाई २५ वटा प्रश्न सोधिएको थियो । यसमा खानले पाकिस्तान र राष्ट्रिय संस्थाहरूप्रति मेरो कुनै घृणा छैन भनेका छन । ‘म पाकिस्तानी जनता, पाकिस्तानी सेना, पाकिस्तानी शहीद, गाजी र शहीदहरूको स्मारकलाई हृदयदेखि सम्मान गर्दछु,; उनले बयानमा भनेका छन् । गत मे ९ को घटनाको निन्दा गर्दै इमरानले सो घटनासँग मेरो र मेरो पार्टीका कार्यकर्ताको कुनै सम्बन्ध नभएको बताए । यो उनीविरुद्ध रचिएको षड्यन्त्र मात्रै हो ।

इमरान खानले अगाडी भने, ‘मे ९ को घटनाको जिम्मेवारी म कहिल्यै लिने छैन किनभने मेरो विरुद्ध षड्यन्त्र रचिएको थियो । कानून प्रवर्तन एजेन्सीहरूले मेरो विरुद्ध षड्यन्त्र रचेका थिए। सरकारले मलाई र मेरो पार्टीलाई कानुनको घेरामा हाल्न खोजेको छ ।’

उनले मे ९ का घटनाहरूमा पीटीआई कार्यकर्ताहरू संलग्न थिए भन्ने कुरामा सहमत हुन नसकेको पनि जनाएका छन । किनकि ती घटनाहरूसँग सम्बन्धित षड्यन्त्रका प्रमाणहरू आफुसँग रहेका छन् भन्दै जवाफ दिइएको उल्लेख गरिएको छ । आफुलाई राजनीतिबाट हटाउनका लागि ती सबै षडयन्त्र गरिएको खानले जिकिर गरेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?