कांग्रेस सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालको निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा पशुपति आर्यघाट पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?