सगरमाथा : अनुभवहीन पर्वतारोहीको भीड र कमाइको हिस्सा

Read Time = 9 mins

विश्वको सबैभन्दा अग्लो हिम शिखर ‘सगरमाथा–एभरेष्ट–चोमोलुङमा’ हो भन्नेमा आजभोलि कसैको विमति रहेको छैन । तथापि पनि सगरमाथा कति अग्लो ? र सगरमाथाको असली नाम के हो ? भन्ने सम्बन्धमा चाहिँ विगतका दिनमा अमेरिका र केही पश्चिमा देशहरूले विवाद झिकिरहन्थे । तर पछिल्लो पटक विसं २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रूपमा नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा सगरमाथाकोे नयाँ उचाइ ८,८४८.८६ मिटर मानेको छ । तथापि पनि लिखित रूपमा चाहिँ सगरमाथाको उचाइ ८,८४९ मिटर लेख्ने गरिन्छ ।

सगरमाथाको उचाइको घोषणा नेपालका तत्कालीन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका महामहिम राष्ट्रपति सी चिनपिङले जुम मिटिङमार्फत एकआपसमा शुभकामना सन्देश साटासाट गरेपछि नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले संयुक्तरूपमा सगरमाथाकोे उचाइ ८,८४८.८६ मिटर घोषणा गर्नुभएको थियो ।

त्यसअघि ‘सगरमाथा–एभरेष्ट–चोमोलुङमा’ को आधिकारिक उचाइमा एक रूपता थिएन । किनभने नेपाल सरकारले सगरमाथाको आधिकारिक उचाइ ८,८४८ मिटर मान्ने गरेको थियो भने चीन सरकारले ८,८४४.४३ मिटरलाई आधिकारिक मान्ने गरेको थियो । हुन पनि नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीले ८,८४८ मिटरको प्रमाणपत्र पाउँथे भने, चीनतर्फबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूले चाहिँ ८,८४४.४३ मिटर भनी आरोहण प्रमाणपत्र पाउने गरेका थिए ।
हुन त विश्वको सबैभन्दा अग्लो हिम शिखर ‘सगरमाथाको आधिकारिक नाम अब सगरमाथा नभएर ‘चोमोलुङमा’ हुनुपर्छ भन्ने माग पनि सुन्ने गरिन्छ । तथापि यो माग धेरै नै सानो र मसिनो गरी सुनिने गरेको छ । किनभने नेपालका मूलधारका मिडिया र बुद्धिजीवीहरूले सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनुपर्छ भन्ने माग सुन्ने बित्तिकै ‘यो त तब्बती नाम होइन र ?’ भनी प्रश्न गर्ने गरेका छन् । अर्को भनेको सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनुपर्छ भन्ने बित्तिकै ‘जातीय नामको गन्ध आयोे !’ भन्ने भनाइ पनि कताकती सुन्ने गरिएको छ ।

आजभोलि विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर आफ्नो इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन, अजर–अमर राख्नभन्दा जसरी भए पनि सगरमाथा चढ्नै पर्ने र सगरमाथा आरोहणको व्यापार गर्ने क्रम अचाक्ली बढेको छ ।

तर, सगरमाथा हिमालको फेदी (दक्षिणी पाटो, नेपालतर्फ)मा आदि–अनादि कालदेखि रहँदै, बस्दै आएका आदिवासी जनजातिले बोलाउँदै र पुकार्दै आएको असली र पुरानो नाम ‘चोमोलुङमा’ नै हो । नेपालका प्राचीन जातिहरूमध्ये एक ‘कुलुङ जाति’ सगरमाथा हिम शिखरलाई ‘सोम्फोरोछा’ भन्छन् । तापनि राज्य पक्षका मिडिया, इतिहासकार, बुद्धिजीवी, विश्लेषक, प्रा.डा., लेखक, आदिले ‘चोमोलुङमा’ नाम स्वीकार गर्न सकिरहेका छैनन् । तापनि पछिल्लो पटक कनकमणि दीक्षित, कुन्द दीक्षितलगायत केही लेखकले सगरमाथा हिमालबारे लेखेको आफ्नो लेख रचनाहरूमा सगरमाथालाई ‘सगरमाथा–चोमोलुङमा–चोमोलोङमा’ लेख्नु भएको देखिन्छ । इतिहास जेजस्तो भए तापनि आजभोलि ‘चोमोलुङमा’ लाई ‘चोमोलुङमा’ नामले भन्दा ‘सगरमाथा र एभरेष्ट’ नामले नै बढी चिनिन्छ, यथार्थ हामीले स्वीकार गर्नैपर्छ । यो प्रसंगलाई यही छाडौं ।
सगरमाथाको उचाइको कुरो गर्दाखेरि यसअघि नेपाल सरकारले सन् १९५५ मा भारतले पत्ता लगाएको ८,८४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो भने, चीन सरकारले चाहिँ ८,८४४.४३ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका र केही पश्चिमा देशहरूले चाहिँ सगरमाथाको उचाई ८,८५० मिटर मान्दै आएका थिए । सगरमाथा हिम शिखरले सीमा छोएको (उत्पत्ति भूमि) नेपाल र चीनले विज्ञहरूले सगरमाथा हिम शिखरको उचाइ बढेको भन्ने भनाइलाई आधिकारिक रूपमा मान्यता दिएको थिएन ।

तर, पछिल्लो पटक विसं २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रूपमा नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाकोे नयाँ उचाइ आठ हजार ८,८४८.८६ मिटरलाई मान्यता दिएको छ । विश्वकै अग्लो हिम शिखर सगरमाथाको आर्थिक पक्षबारे केही लेख्ने जमर्को गरिने छ । सगरमाथा आरोहण र यसको कमाईको कुरो गर्दा सन् २०२१ को वसन्त ऋतुमा नेपाल सरकारले आरोहण अनुमतिपत्र जारी गरेवापतको सलामी रकम मात्रै ६३ करोड ५२ लाख ४९ हजार नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरेको थियो ।

विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर आफ्नो ईज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन, अजर–अमर राख्नभन्दा जसरी भए पनि सगरमाथा चढ्नैपर्ने र सगरमाथा आरोहणको व्यापार गर्ने क्रम अचाक्ली बढेकाले गर्दा धेरैजसो वातावरणविद्, भूगर्भविद, खोजकर्ता, पर्वतारोही र वैज्ञानिकहरू चिन्ता व्यक्त गर्न थालेको धेरै भइसकेको छ ।

त्यस्तै गरेर सन् २०२२ को वसन्त ऋतुमा चाहिँ सगरमाथा हिमाल आरोहणका लागि अनुमतिपत्र जारी गरेवापत सलामी रकम ७० करोड ३४ लाख ३० हजार सलामीवापत आमदानी भएको थियो भने यो वर्ष (सन् २०२३) को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पर्वतारोहीलाई अनुमति जारी गरेवापत् ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँ सलामीवापत प्राप्त गरेको छ ।

यसरी हेर्दा हरूेक वर्ष लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एक पटक जसरी भए पनि ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने !’ अठोट र सपना साँचेर विश्वका सयौं पर्वतारोहीहरू नेपाल आइरहेका छन् । खासमा भन्ने हो भने कसलाई पो विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर आफ्नो इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन र अजर अमर राख्न मन नहुँदो हो ?

तर, आजभोलि विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर आफ्नो ईज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन, अजर–अमर राख्नभन्दा जसरी भए पनि सगरमाथा चढ्नैपर्ने र सगरमाथा आरोहणको व्यापार गर्ने क्रम अचाक्ली बढेकाले गर्दा धेरैजसो वातावरणविद्, भूगर्भविद, खोजकर्ता, पर्वतारोही र वैज्ञानिकहरू चिन्ता व्यक्त गर्न थालेको धेरै भइसकेको छ । जसले गर्दा सगरमाथा आरोहण गर्नका लागि आफ्नो व्यक्तिगत स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, शरीरमा स्टामिनाको कमी र हिमाल चढेको (खासगरी ७ हजार, ८ हजार मिटरन्दा अग्लो हिमाल) चढेको अनुभव नभए तापनि जसरी पनि सगरमाथा चढेरै छाड्ने जिद्धिपनसहित अनुभवहीन पर्वतारोहीको पनि भीड लाग्न थालेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?