साहरूख खानको ‘जवान’ले पहिलो दिनमा नै सय करोड कमाउने प्रक्षेपण

हिमालय टाइम्स
Read Time = 3 mins

मुम्बई । एटली कुमार र शाहरुख खानको फिल्म ‘जवान’ यतिबेला सबैभन्दा बढी चर्चाको विषय बनेको छ । फिल्म ‘पठान’ पछि शाहरुखको यो वर्षको दोस्रो ठूलो फिल्म हो ।

साउथका हिट निर्देशक एट्लीले निर्देशन गरेको फिल्ममा नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, योगी बाबु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिभ्यु र ट्रेलरले चर्चा पाएको छ । यस्तो अवस्थामा सेप्टेम्बर ७ शाहरुखका लागि निकै विशेष हुने विश्वास गरिएको छ ।

फिल्मले ओपनिङ डेमै बम्पर कमाउन सक्छ । तर शाहरुखको फिल्म ‘जवान’ले कलेक्शन रेकर्ड बनाउन २१ दिन मात्र पाउनेछ । थाहा छ कसरी ?

एटली कुमार निर्देशित फिल्म ‘जवान’ले सुरुमा राम्रो प्रतिक्रिया पाइरहेको छ । शाहरुखको फरक अवतारलाई फ्यानहरुले रुचाइरहेका छन् । फिल्मको स्टारकास्ट पनि निकै प्रभावशाली छ । यस्तो अवस्थामा शाहरुखको ‘जवान’ ठूलो पर्दामा उनको फिल्म ‘पठान’ भन्दा एक कदम अगाडि बढ्ने विश्वास गरिएको छ ।

ओपनिङ डे कलेक्सन १०० करोडभन्दा माथि जाने चर्चा छ । योसँगै रिलिजको पहिलो सातामै फिल्मले नयाँ कीर्तिमान बनाउने दाबी पनि भइरहेको छ । यी सबै बीचमा साउथका ठूला कलाकारहरु पनि शाहरुखसँग प्रतिस्पर्धा गर्न लाइनमा छन् ।

सेप्टेम्बरको सुरुमा अर्थात ७ गते शाहरुख खान ‘जवान’ मार्फत थिएटरमा प्रवेश गर्दैछन् ।

त्यसैगरी महिनाको अन्त्यमा २८ सेप्टेम्बरमा प्रभास आफ्नो फिल्म ‘सालार’ मार्फत दर्शकसामु आउनेछन् । अर्थात् शाहरुखको फिल्म ‘जवान’ले कमाई गर्न २१ दिन मात्रै पाउनेछ ।

प्रशान्त नीलको फिल्म ‘सालार’ २२ औँ दिनमा प्रवेश गर्दैछ र दर्शकमा यसको निकै क्रेज रहेको छ । यसअघि नै फिल्मको राइट्स करोडमा बिक्री भएको खबर छ । यो फिल्मलाई प्रभासको कमब्याक फिल्मको रुपमा पनि हेरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?