राप्रपा लुम्बिनी प्रदेशको सहसंयोजकमा प्रकाश रिमाल मनोनीत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपाको  लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई मनोनीत गरिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा-२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोकेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।

यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ । अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी र सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?