मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न नदिने रास्वपाको चेतावनी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिनुभएको छ ।

विधेयक आजको कार्यसूचीबाट किन हटाएको भनी प्रश्न गर्दै उहाँले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिनुभएको हो ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याज पीडितको पक्षमा रहेको भन्दै छिट्टै विधेयक ल्याउन उहाँले माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?