परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच अमेरिकी अनुदान सहायता परियोजना ९एमसीसी० कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सोपश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगलाई निरन्तरता दिने विषयमा उहाँहरूबीच छलफल भएको थियो । साथै द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को सङ्कटमा प्राप्त भएको विशेष सहयोगका लागि अमेरिकाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकामा ठूलो सङ्ख्यामा रहेका नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र उनीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँहरूबीच दुई देश बीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्षमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्त्वबारे चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सभापति लामिछानेविरुद्धको संगठित अपराध मुद्दा पर्सा अदालतबाट पनि फिर्ता स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट दरबार हत्याकाण्ड छानबिन अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय एमाले कार्यदल बैठक : सुझाव सङ्कलन गर्ने २५ प्रकारका अत्यावश्यक सेवामा हडताल निषेध, गृह मन्त्रालयद्वारा राजपत्रमा सूचना नवप्रवर्तनमन्त्री पुनद्वारा पदभार ग्रहण, मन्त्रालयलाई ‘शून्यबाट’ अघि बढाउने घोषणा विपक्षी दलहरू संवादका लागि भने खुलाः प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान यथावत मन्त्रिपरिषद् पुनर्गठन : दुई मन्त्री नियुक्त, सुधन गुरुङ पाँचौँ वरीयतामा गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाकः एमाले चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि, १९ खर्ब १६ अर्ब…